Sagar Khadka

तिमी सामु हुन्छ्यौ जब ।


हनहन्ती ज्वरो मन्द लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।
लहरे खोकी सन्चो लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

सारा संसार फिक्का देख्छु, महिनौँ बासी मोही जस्तो
सबैको मुहार दिक्क लाग्छ , तिमी सामु हुन्छ्यौ जब ।।

मनमा खुशी उर्लिरन्छ, वैंशको भेल झै
शरीरभरी बग्दा काउकुति लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

म के बुझूँ ती नयनका भाषालाई, संकेत या प्रतिवाद ?
नशालु त्यो हेराई मुटुमै लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

#माया / प्रेम