Naveen Bohara

माया


दिन रात खोजिरहन्छ मान्छे दानापानी
तेरो मेरो भन्दा भन्दै जान्छ जिन्दगानी ।।
धनी बन्ने सपनाले इमान गुमाउँदा अाफ्नै , भलोगर्नेलाई गर्छ मनोमानी ।।
मर्ने बेला सम्पत्तिको पोको लान हो कि ,
स्वार्थ बिना काम काज गर्न अानाकानी ।।
हिष्या डाह गर्छ मान्छे को छ ठुलो भनी ,
छिमेकीको चिनो-चर्चा गर्छ निगरानी ।।
जन्मेपछि मर्नै पर्ने नबुझेरै हो कि ।
अाफन्तमै लुछाचुडी हेर तानातानी ।।

#माया / प्रेम