Pradip Sharma

*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना ***


तिमीलाई लाख लाख शुभकामना 
यो मेरो आत्मीय मनो भावना 
तिमी छौ र त मेरो अस्तित्व छ 
तिमीलाई शुस्वास्थको कामना

तिमीले मेरो दुखलाई बुझेकी छौ 
वर्षातको झरिमा संगै रुझेकी छौ 
कुनै गुनासो नगरी जिन्दगीमा 
संगै जिउन मरन खोजेकी छौ 


कति निस्वार्थ छ तिम्रो साथ 
सधै सिरानिमा हुन्छन तिम्रो हात 
माया र विस्वास दिनलाई छोडिनौ 
कहिल्य कुनै दिन भनु या रात 

तिमी युग युग सम्म खुसीले बाच
मेरो पनि उमेर तिमीलाई लागोस 
म हासी हासी यो जीवन त्यागीदिन्छु
तिम्रो लागी भगवानले मेरो जीवन मागोस

#माया / प्रेम