Naveen Bohara

सम्झना


सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
`````````````````````````
मरुभुमि मरुद्यान निश्चय नै फरक हुन्छ
मरुद्यान पुग्नेहरु मार्न सक्छन् मेख हजुर
´´´´´´´´´´´´´´´´´´´´´´´
पानी बिना तड्पिएको माछा बनौ भने पनि
तड्पनु नै कर्म बन्छ छैन देख रेख हजुर
```````````````````````
माथि हेर्छु बादल देख्छु पृथ्वी छन् हरियाली
पृथ्वीमै लुछाचुडी सबले खोज्छन् सेख हजुर
´´´´´´´´´´´´´´´´´´´´´´´´´´
सबको हुन्छ यो संसार बाँचुन देर भोग गर्न
सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर

#अन्य