केशव क्रान्तिकारी

मेरो देश


कोहि छ सुन्ने कति रुदैछ मेरो देश।
आफ्नैको चोट्ले घायल हुदैछ मेरो देश।।

कहिले चिल्लाएर त कहिले वियोगान्त मा।
थोपा थोपा गरि आज चुदैछ मेरो देश।

पिडाले बेहाल छ कोहि छैन मलम लाउने।
वेदना ले ओतप्रोत घाउ छुदैछ मेरो देश।।

मैलिएर छाती उसको गन्धगी को डंगुर भाछ।
दिन दिन रगतले धुदैछ मेरो देश।।

सुन्दरताले भरिएको देशको उपमा गुम्यो।
दुर्भाग्यले भित्र भित्रै कुहुदै छ मेरो देश।।

#अन्य