Jay Baral

देश


!! गजल !!

को को हुन यसको हतियारा पत्ता लगाउनुहोस्
जिवित छन् या मरे सर्वहारा पत्ता लगाउनुहोस् ??

अौला ठड्याएर प्रवचन न दिनुहोस् महासय
जानुस् पहिले ती गरिब मारा पत्ता लगाउनुहोस् ??

त्यो मध्यम मध्यम रातमा कानै फुट्ने गरि
फेरि कसले मार्यो चिल्कारा पत्ता लगाउनुहोस् ??

अरे उसले आमाको देह नै बेचेर खायो श्रीमान्
अब कति लाग्छ दफा धारा पत्ता लगाउनुहोस् ??

त्यो जनयुद्ध लडेर नयाँ नेपाल झल्कायो फेरि
किन उठायो सडकमा नारा पत्ता लगाउनुहोस्??

जय बराल ==/ कैलाली हाल भारत ब्याङलोर

#अन्य