Reetick Roshan Chand

तिम्रो मेरो सम्बन्ध


तिम्रो र मेरो सम्बन्ध धेरै नै घनिष्ठ थियो
आज आकास र धर्ती झै किन टाढा भयो
केहि पलको बिछोडमा आँखामा आसु हुन्थ्यो
आज तेहि मायामा मरुभुमिको खडेरी गयो

स्वस्छ आकासमा पनि कालो दाग देख्दो रहेछ
पापी बादलले आकासको वरिपरी ढाकेपछी
आखिर आफ्नो मननै त पलपलमा घाईते हुदोरहेछ
झुटो मायालाई चोखो दिलमा सजाएर राखेपछी

मैले चोखो माया गरेकोले तिमिलाई भुल्न सकिन
भिखारी झै तिम्रो मायाको भिखमा म तड्पेको होइन
दुख सुख जिन्दगि समयको रफ्तारमा अघि बड्दैछ
तिम्रो माया बिना मेरो मुटुको धडकन अडकेको छैन

#अन्य