Jay Baral

जय बराल


गजल

लाग्छ मनमा धेरै सुर्ता खबर पाको छैन
प्रदेशि जिउँदो छ कि मुर्दा खबर पाको छैन

एउटा छोरा कारगिलमा अर्को मरुभूमि
साहुको हातमा लालपुर्जा खबर पाको छैन

वर्षौं बित्यो प्रदेशि त्यो गाउँ घर नफर्केको
बिपत्तिमा छकि माही दुर्गा खबर पाको छैन

छोरा रुदै भन्छ आमा गाउमा पहिरो गयो रे
भत्कायो घर डाफे मजुर्का खबर पाको छैन

बाबाको कोट अामाको चोलो प्रतमको सारी
मैलियोकी बहिनीको सुर्मा खबर पाको छैन

जय बराल
कैलाली
भारत ब्याङलोर

#अन्य