Bhaktaraz Bhatta

बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी


बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी।
घुम्दैफिर्दै दु:खै पाउने, खेल भाे जिन्दगी।

ऐस अाराम गर्नेलाई, कति मिठाे सपना छ।
रात र दिन खटिनेलाई, नेल भाे जिन्दगी।

छुच्याई र धूर्त्याईकै, चारैतिर बाेल छ।
सत्मार्गमा हिड्नेलाई, झेल भाे जिन्दगी ।।

सङ्गत असल हुनुपर्छ, बुढापाका भन्थे सधैं।
कमसललाई नअपनाउदा, पेल भाे जिन्दगी।

भुँमरीमा फसाउने छन्, यत्रतत्र र सर्वत्र ।
जिउन काेसिस लाख गरे,फेल भाे जिन्दगी।

- चक्रदेव भट्ट (सृजन)

#उदास