प्रकाश बाबू चन्द जिज्ञासु

नेतानै गलत।



कसरी मान्नु र नेता आधार छन् त्यहाँ।
थोरै असल छन धेरै ग़ददार छन् त्यहाँ।

कसरी देश उक्लन्छ एकपटक सोच त।
सरकारमा नेतानै भ्रस्टाचार छन् त्यहाँ।

कसलाई कसरी खसाल्ने यही सोँच छ।
सबैमा मानवरहित ब्यबाहार छन् त्यहाँ।

सर्कार तँ के हेर्छस सँधै अरुको इसारा।
बिचार गर लाखौं बेरोजगार छन् त्यहाँ।

असल र उर्जासिल बिदेश बनाईरहेछन।
र कयौं राहदानि लिन हतार छन् त्यहाँ।

महंगिले ज्यून गाह्रो भए पछी के गरुन।
लाचार ,बिबस हाम्रा परिवार छन् त्यहाँ।

त्यो आकाश देखायौ यो धरती देखायौ।
झुटा सपना कती देखायौ कती देखायौ।

देखायौ आफ्नै जवानी सरबती देखायौ।
आफैलाई नै योवनको लखपती देखायौ।

मुटुमा चोट दिएर गयो कोही निर्दायिले।
तिमी आयौ माया प्रेम ओखति देखायौ।

राज नै राम्रो प्रेमको प्रसंग न देखाउनु है।
भने थेँ यो दुनिया जल्छ पिरती देखायौ।

सम्झाएँ दानवीय ब्यबहार नगर्नु है भनेर।
झन्झन ब्यहोरा नराम्रा भएजती देखायौ।

अब हामी युवाको हातमा सौंप देशलाई।
तिमी नेताहरुले धेरै--धेरै दुर्गती देखायौ।

प्रकाश बाबू चन्द।
मध्यपश्चिम दैलेख

#माया / प्रेम