Roshan Sangam Bhatt

चिन्ता


चिन्ताले चिताको बाटो देखाएर छोड्यो !
ग्रहणले जूनको किरण छेकाएर छोड्यो !

सब्द हराउदा चुटकिला बन्यो त्यो कथा
गुनासो छैन दैवले एस्तै लेखाएर छोड्यो !

चियाले खिया लाग्यो रे फोक्सोमा थुक्क
खासमा भाग्यले नै घुँडा टेकाएर छोड्यो !

अंधोलाई चस्मा उपहार दियो सुहाकैछ रे
हो त्यसै मलाई नी पाठ सिकाएर छोड्यो !
अबिरल रोसन सँगम भट्ट

#माया / प्रेम