Ganesh Bista Laure

मेराे देश


बुद्ध जन्मियकाे ठाउँ त्यसैले प्याराे लाग्छ मेराे देश
चारैतिर सुन्दर गाउँ त्यसैले प्याराे लाग्छ मेराे देश

बहु जाति र संस्कृतिकाे पहिचान बाेकेकाे
हिउँ झै टल्किने चुचुरा त्यसैले प्याराे लाग्छ मेराे देश
अाकाश छुने टाकुराहरु उभियका छन् यहि माटाेमा
मनै लाेभयाउने बन त्यसैले प्याराे लाग्छ मेराे देश
सुन फल्ने माटाे र पानी पाखुरा ती बिरका
सिताकाे माइति घर त्यसैले प्याराे लाग्छ मेराे देश

#अन्य