ईलाका तेरो धमाका कृष्णको

लेख्क:कृष्ण थापा


खै त आज ती बिचारको कदर भएको
खै त आज भने जस्तो सफर भएको ?

परिवर्तनको आशबोकी जनयुद्ध लड्ने हामी
खै त आज गलत कानुन बदर भएको ?

दसबर्से युद्धकालमा बोलेका ति मिठा बचनले
खै त आज राजनीतिमा असर भएको ?

मारेको छैनौं आस अझै सकिएको छैन युद्ध
खराब राजनीतिले गर्दा यो मन पत्थर भएको ।।

- कृष्ण थापा ( पुर्कोट दह गुल्मी)

#अन्य