ईलाका तेरो धमाका कृष्णको

कृष्ण थापा


म गाउले हो तेसैले मलाई गाउनै मन पर्छ
साग सिस्नु अनि गुन्द्रुक र ढिडो मन पर्छ !!

चाहिदैन महल मलाई झुपडी नै मन पर्छ
चाहिदैन चौरासी व्यन्जन मलाई खोले मन पर्छ!!

माकुराको जालो जस्तो लुगा होइन मलाई
मलाई मेरि आमाको बार्ह हाते सारी मन पर्छ!!

मलाई बाहिरी देशको संस्कार होइन साथी
मेरै देशको चाड्पर्व तीज अनि दशै तिहार मन पर्छ!!

मलाई मेरै बाहुन्तिल्पुङ्को चिसो हरियाली डाडा सित
चोखो प्रिती गास्दै पुर्कोटे को गितमा नाच्न मन पर्छ।।

- कृष्ण थापा
_पुर्कोट दह गुल्मी

#अन्य