Jay Baral

मान्छेले भगवान थामेको छ


खुट्टाले जमिन र टाउकोले आसमान थामेको छ
हजुर यति बुझ्नुहोस् मान्छेले भगवान थामेको छ

ए हजुर ती नेतालाई त्यसै गाली नगर्नुहोस्
मित्रको पाउ परेर उसले घर जहान थामेको छ

जुन मन्दिरमा दियो बल्छ फल फूल चढ्छ
बुझे हुन्छ कि त्यो मन्दिर सैतान थामेको छ

#अन्य