ईलाका तेरो धमाका कृष्णको

लेख्क:प्रदेसि बाबु कृष्ण


ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपना जलाएर फर्केउ बाकसमा

चर्को ब्याजमा रिन लिएर उडेउ अकाशमा
धेरै कमाई महलमा रमाउने सपना भरियो बाकसमा

घरपरिवारको दुखा देख्दा रुदै उडेउ अकाशमा
पर्देशमा मर्दा न त आमा न त बाबा रितै पसे बाकशमा

बिता बिता पैसाको सपना देख्दै उडेउ अकाशमा
रित्तो प्राण र रित्तो सपना लिएर फर्केउ बाकसमा

ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपन जलाएर फर्केउ बाकसमा

-----कृष्ण थापा ॒॒॒ छेत्री

#अन्य