ईलाका तेरो धमाका कृष्णको

तिम्रो लागि Ayesha


तिमी सँगै जीवन बिताउने सपना मात्र भयो ।
जिन्दगी भर सँगै रमाउने सपना मात्र भयो ।।

मलाई छाडि अन्त नाता जोडेपछि तिमी ले ।
माया मुटु माझ बिझाउने सपना मात्र भयो ।।

आज पराई लाइ नै आफ्नै ठाने पछि तिमी ले ।
टाढा हुने कुरा गर्दा रिसाउने सपना मात्र भयो ।।

सधैँ हाँसि खुुशी रहनुपर्छ भन्ने मान्छे ले आज ।
म रिसाएको बेला फकाउने सपना मात्र भयो ।।

संघर्षमय जिन्दगी मा खै कति लड्नु पर्ने हो ।
म लडेको बेला मा उठाउने सपना मात्र भयो ।।

- लेख्क:प्रदेसि बाबु कृष्ण

#धोका