बिगतकोपलमा जिउनेआधार

बिरही गजल


नारी र पुरुष अचेल बराबरका कुरा गर्छन
गाउँले पनि अचेल शहरका कुरा गर्छन ।

जता जान्छु उतै मलाई ठेस लागेको हुन्छ
तर पनि पैतालाहरु सफरका कुरा गर्छन ।

नत दुख मेट्न सकेँ नत गन्तव्य भेट्न
निर्दोष मेरा सपनाहरु अवसरका कुरा गर्छन ।

जस्ले बृदा अामा बुवा अाश्रममा लगेर छोडेका छन
उनिहरुनै मञ्चमा गएर ईश्वरका कुरा गर्छन ।

#धोका