Gs Adhikari

परदेशीको जिन्दगी


गजल
जस्तो ठाने नि सकुशल खबर हुन्न परदेशीको
सधै मरिमरी बाँच्ने कुनै रहर हुन्न परदेशीको

बोकेर यो काँधमा झोला मातृभूमि छोडेपछि
राम्रो खाने,राम्रोसँग बस्ने घर हुन्न परदेशीको

पसिनासँगै त्यो प्रचण्ड गर्मीमा लड्दा लड्दै
आज हो कि भोलि मर्ने भर हुन्न परदेशीको

पिडाहरु मनको,मनसँग भित्र गुम्स्याएर बस्दा
मुहारमा हाँसो खुसीको लहर हुन्न परदेशीको

घनश्याम अधिकारी
स्वर्गद्वारी नगरपालिका ८ बर्जिवाङ् प्युठान
हाल:-बिरानो मुलुक चेन्नै*भारत*

#अन्य