Hp Sharma
जीवन
तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है । आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाए । भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ । यो बिचमा कयौ सँगको मिठो मिलन हुन्छ भने कयौसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ । थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला । त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है । बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन । सायद म आफुलार्इ भाग्यमानी भनु कि जसकारण तिमीसँग मिठो माया गास्न पाए । जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद मिलन – बिछोड, सुख – दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला । जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु । जसलाई जति चाह्यो एकदिन त्यो त्यती नै टाढा हुदो रहेछ । तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन ।