Rawat Lokendra

भुल


अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु।
न रुइ न हासी मनै गास्ने संसार बनाउछु।।

तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर ।
यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।।

मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी ।
अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।।

बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु ।
यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।।

हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु ।
बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।।
#लोकेन्द्र रावत-अछाम,नेपाल ।
हाल-दिल्ली,भारत ।

#अन्य