राजीब नन्दन कर्माचार्य जनकपुर

होइन उ मेरो...


होइन उ मेरो...
होईन उ मेरो
थिएन उ मेरो
जो मुस्कुराएर गए
जसले बिष पिलाएर गए
मन्द बिष नश नशमा
देह भरी फिजिरहे
होईन उ मेरो
थिएन उ मेरो
केवल देखावटी मायाका क्षणहरु
अन्धकार बनाएर जीवनका पलहरु
मुटुमा घोचेर गए कांडाका शुलहरु
पलपल दुखि रहन्छ घाउहरु
होइन उ मेरो
थिएन उ मेरो
जीवनका आशाहरु मरी गए
बितेका पलहरु अतित बनेर रहे
भुल्नै नसक्ने यो कस्तो व्यथा
हास्नै नसकी रुनु पर्ने ब्यथा
होइन उ मेरो
थिएन उ मेरो ।
© राजीब नन्दन कर्माचार्य

#अन्य