Amar Saud

त्यो अतीत खोज्दै छु


डुबेका मायाको झन्कार हरुमा,
स्नेहको मीठो पृत खोज्दै छु ।
हास्न विर्सियका ओठहरुमा,
खुशीको कुनै रीत खोज्दै छु ।
हारी सकेको यो दुनियामा,
एउटा अनौठो जित खोज्दै छु।
म संगै मेरो छाया बनी हिड्ने,
एउटा सच्चा मीत खोज्दै छु ।
विति गयो जुन समय तेसमा,
यादहरुको त्यो अतीत खोज्दै छु ।
-उदाश विवश

#अन्य