जि.एम. दिपु देपेन्द्र

पहिला आफ्नै


गजल
.
पहिला आफ्नै थैलीको मुख बलियो बनाउनुहोला !
अनि मात्र अरु कसैलाई सियो बनाउनुहोला !
.
जुलियट हुँ भन्दैमा पनि यसै कहाँ हुन्छ ??
बिचार गरेर यो भिडमा रोमियो बनाउनुहोला !
.
म पुज्नलाई आई रहनेछु अब सधैं यसै गरी !
मनको मन्दिरमा मायाको दियो बनाउनुहोला !
.
पौरखी हजुरका हातहरुले के बनाउदैनन् र ??
आउनुस् यो बाँझो फाँटलाई हरियो बनाउनुहोला !
.
क्यासेट जस्तै दोहोर्याऊन मिल्ने जिन्दगी हुदैन !
जिउनुछ भने बिल्कुल आफुलाई, रेडियो बनाउनुहोला !
.
©जि. एम. दिपु देपेन्द्र
चौरजहारी न.पा. ११, रुकुम

#अन्य