Dinesh Bhandari

gazzzal


कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए।

गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए।

झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए।

मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए।

फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए।

#अन्य