Title | Category | Gajal |
---|---|---|
तिम्रो काठमाडौं | अन्य | घर छैन बारि छैन तिम्रो काठमाडौ मा, गुन्यु चोलो सारी छैन तिम्रो काठमाडौ मा, सम्झिएर बस्दा पनि यसै भारी हुन्छ मन, मन बिसाउने चौपारी छैन तिम्रो काठमाडौ मा जताततै लासै लास मूर्दा रोइरहेछ, बोकि लान बाँस घारी छैन तिम्रो काठमाडौ मा |