धन कुमार तामाङ
धन कुमार तामाङ

Title Category Gajal
अभागी मनको पीडा बिछोड अभागी म तिम्रो दिलमा अटाउन सकिनँ ! तर तिमीलाई यो दिलबाट हटाउन सकिनँ !! गल्ती मेरो नै थियो सपना दिउँसो नै देखेछु !!! चाहेर नि सँगै जीवन कटाउन सकिनँ !!!! कति सजिलै भन्यौ तिमीले मलाई बिर्सिदेऊ भनेर ! तिम्रो जस्तै निस्ठुरी मन बनाउन सकिनँ !! पागल नभन्नु मलाई यो गजल लेख्यो भनेर !!! मनको पीडा मन भित्र दबाउन सकिनँ !!!!
गरीबी माया / प्रेम चूलो बाल्न आउँछ कि आउँदैन ? गोबर फाल्न आउँछ कि आउँदैन ? भूकम्पले भत्किएको घर छ मेरो, माटोले टाल्न आउँछ कि आउँदैन ? मो:मो पिज्जा खाएर हुर्किएकी तिमी, गुन्द्रुक उमाल्न आउँछ कि आउँदैन ?