Title Category Gajal
प्रेमिल गजल अन्य अब म तिम्रो सहर देखी टाढा हुदैछु तिम्रो बैशालु अधर देखी टाढा हुदै छु मन्द मन्द पिलाएको मुस्कुराउदै तिमीले अमूत रुपी जहर देखी टाढाँ हुदै छु तिमीसगँ बिताएका नबिर्सने पल हर ती एक प्रहर देखी टाढा हुदै छु तिम्रै लागी सजाएका सारा खुशि अनी आफ्ना सबै रहर देखी टाढाँ हुदै. छु एक राज क्षेत्री सल्यान
पिडा अन्य कैले आशँु परेलीमा. ठोक्किएर बिलाउँछ कैले आशँु बलेसीमा पोखिएर बिलाउछ मध्यरातको सन्नटामा यो घडीको सुई सँगै तिम्रो अभाव कलेजीमा रोपिएर बिलाउँछ यी आँखाका नानीभित्र ज्योती पुञ्ज जल्न खोज्दा मेरो जुन अधेरीमा मोडिएर बिलाउँछ तिर्खाएका आत्माहरु बगरमा हिड्दा हिड्दै लाखौ जिबन खडेरी छोपिएर बिलाउँछ पिडाको यो आँगो यस्तो बलेको छ छातीभरी तिम्रो याद अगेनीमा होमिएर बिलाउँछ एक राज क्षेत्रि सल्यान