Title | Category | Gajal |
---|---|---|
पहिला आफ्नै | अन्य | गजल . पहिला आफ्नै थैलीको मुख बलियो बनाउनुहोला ! अनि मात्र अरु कसैलाई सियो बनाउनुहोला ! . जुलियट हुँ भन्दैमा पनि यसै कहाँ हुन्छ ?? बिचार गरेर यो भिडमा रोमियो बनाउनुहोला ! . म पुज्नलाई आई रहनेछु अब सधैं यसै गरी ! मनको मन्दिरमा मायाको दियो बनाउनुहोला ! . पौरखी हजुरका हातहरुले के बनाउदैनन् र ?? आउनुस् यो बाँझो फाँटलाई हरियो बनाउनुहोला ! . क्यासेट जस्तै दोहोर्याऊन मिल्ने जिन्दगी हुदैन ! जिउनुछ भने बिल्कुल आफुलाई, रेडियो बनाउनुहोला ! . ©जि. एम. दिपु देपेन्द्र चौरजहारी न.पा. ११, रुकुम |
गयौ छोडेर फुललाई | अन्य | [ गजल ] _____________________________ . जाडो छल्नलाई आएका ,चरा जसरी ! गयौ, छोडेर फुललाई, भमरा जसरी ! . एकै छिनमा आएको, शंकाको कम्पनले ! मेरो जिन्दगी ढलायो, धरहरा जसरी ! . दियालो बालेर रमाऊने, यो गाउँ हो मेरो ! यहाँ हुदैन झिलमील रात, पोखरा जसरी ! . हाम्रो दु:खमा ऊनीहरु, उत्सब मनाउछन ! हाँस्छन रमाउछन सधै, परम्परा जसरी ! . राक्षसी स्वभाव रहेछ, जाँदा थाह भयो ! तिमी आईथ्यौ आउन त, अप्सरा जसरी ! . ©जि. एम. दिपु देपेन्द्र चौरजहारी न. पा. ११, रुकुम |