Title | Category | Gajal |
---|---|---|
हास्नै नसकिने पीडा सहेर | उदास | हास्नै नसकिने पीडा सहेर पिरमा छ जिन्दगी । न तल झर्नु न माथि यहा भिरमा छ जिन्दगी ।। अनवरत वगिराछ नदिसरी यो जीवनयात्रा । वारि पारी भेट नहुने गडतिरमा छ जिन्दगी ।। जता ततै काडै काडा टेक्ने समेत ठाउँ छैन । हृदय समेत छिया भई तिरमा छ जिन्दगी ।। असफल्तालाई के दोष निरास भै आफू । भन्छन सबै जीवनचक्र तक्दिरमा छ जिन्दगी ।। कति सम्झौ वितेका मिलन विछोडका कथाहरू । स्मरणहरू त सवै एक तस्विरमा छ जिन्दगी ।। |