Title | Category | Gajal |
---|---|---|
शीर्षक नहुनु पर्ने गजल मा | अन्य | <> गजल <> बाटो बिराउछ जस्ले खबरदारी गराउछु ! सत्य बाटो हिड्नेलाइ सधै मन पराउछु !! जे गरे नि हुन्छ भन्ने घमण्डि बन्दिन म , कतै गल्ती भयो भने सबै संग डराउछु !! काम शोषण गर्दिन म बन्दिन म ठालु , आफू पनि काम गर्छु अरु लाई अराउछु !! कम्जोर पाए भने कुट्छन अनि खोस्छन, लुटेको देखे भने तत्काल त्यही भराउछु !! आटिलो छु फुर्तिलो छु म डराउदिन कतै, सत्यलाइ जिताइ गलत गर्नेलाई हराउछु !! २०७५/०३/१४ # शिबहरी खतिवडा " अन्जान " |
सकिन | अन्य | मुक्तक हेर्दा त्यही नजिकै देखिन्छ खुशी च्याप्प समाइ मेरो ओठ सम्म पनि ल्याउन सकिन ! कहिले काहीँ खुल्ला प्राय बन्द देख्छु मनको ढोका ,नजिक रहेर पनि च्याउन सकिन !! जिन्दगीले जता डोहोर्याउछ बाध्य भै हिड्नु सिवाय अरु केही गर्न नसकिने रहेछ , कतै देख्दिन जमीन समुन्द्र बिच पुगेको छु हातमै बहना भएर डुङ्गा पनि ख्याउन सकिन !!! २०७५/०१/१८ # शिबहरी खतिवडा " अन्जान " |