किन? (कविता) |
अन्य |
सत्यताको गहिराई भित्र डुबेर पनि
अन्धकारको भुमरीमा बस्न बाध्य भयेछौ ?
बिगतको चित्कारलाई बुझेर पनि
तर किन? आज मौन बनिरहेछौ ?
किन गरिबीको त्यो कालो कोठालाई नियालेर पनि
आज आफ्नो गन्तव्य गुमाई रहेछौ ?
आफुले आफ्नै अस्तित्व बनाउनु छ
तर किन आज बेहोसी बनिरहेछौ ?
त्यो बिगतको पल सम्झदा आखा रसाउछ
तर किन आज एकोहोरो टोलाइरहेछौ?
भबिस्यमा केही गर्नु छ बन्नु छ थाहाछ सबै
तर किन आज सिथिल बनीरहेछौ?
किन आफ्नो माटोले पसिना माग्दा पनि
पाखुरा आफ्नो स्थिर राखिरहेछौ?
देशको यथार्थ अवस्था मनन गरेर पनि
किन?हातमा बरफ जमाई रहेछौ? |