जंग बहादुर राणा
जंग बहादुर राणा

Title Category Gajal
जिन्दगि माया / प्रेम पापको घडा भर्ने जिबित देख्दा सवाल आउछ राम्रो मान्छे लिन भनि यहॉ पहिले काल आउछ मन मुटुमा कस्लाई सजाएको छस भनि सोध्दा जवाफ एक तिमि आउछौ अर्को नेपाल आउछ सॉच्चै मलाई यो बाढि पहिरो अनि सरकार उस्तै लाग्छ किनकि यो हाम्रो देशमा हर साल आउछ नारिको पिडा नारिले नबुझ्ने कस्तो बिडम्बना हो सधै झगडा सासु बुहारिको गाला मुखाल आउछ जन्मिदा आफु रूने मर्दा अरूलाई रूवाउने कठै जिन्दगि बॉचुन्जेल सताउन दुखको बगाल आउछ एस.के टंक कडायत मेल्लेख गॉउपालिका शोडषा ६ अछाम
देश प्रति समर्पित अन्य भत्किदै गएछन ईमनदारिता का पर्खाल हरू अनि निमोठेर चुस्न थालेछन यि दलाल हरू सर्बहारले छाक टार्न संघर्ष गर्नु पर्छ यो देशमा फस्टाउदै जॉदा मानवता का अनिकाल हरू उडाएर हावले तेरै राजधानि मा पुर्याई दिन्छ बर्षौ पहिले मुटु चिर्दा बेरिएका त्रिपाल हरू हाम्रा पनि दिन फर्किन्छ एक दिन बुझिराख गरिब को घॉटि रेटेर पैसा पुज्ने कंगाल हरू मलाई हुर्किउन मेरि आमाले भोको पेट खालि खुट्टा र फाटो चोलिले काटिन कैयौ साल हरू आज भोलि ऑशुले भिजेका हुन्छन चिनो भनि उनै प्रियसि ले दिएका पछ्यौरि संगै रूमाल हरू सहयात्रि एस.के टंक कडायत मेल्लेख गॉउपालिका शोडषा ६ अछाम