Title Category Gajal
म एक्लो भएछु उदास हिंड्दा हिंड्दै अल्झिएर लड्न पुगेछु जिन्दगिमा आज एक्लो बन्न पुगेछु धेरै छन् मेरा साथी यहि सोच्ने गर्थे तर हेर्दा हेर्दै आज म एक्लो भएछु।। छैन मलाइ दु:ख भन्थे रुन पुगेछु छैन मलाइ निन्द्रा भन्थे निदाउन पुगेछु हेर्दा हेर्दै आज म तिमी बाट टाढा पुगेछु अन्यासैमा आज म रुन पुगेछु।। शून्य यो कोठा हेर्दै दिन बिताउदै छु आफुलाई एक्लै पाउदा दुखी हुन पुगेछु बिर्सेछु मैले आज म त एक अभागी हु अन्यासैमा उसलाई बोलाउन पुगेछु
म अभागी छोरा अन्य जन्मिदै दैबले हजुरको छ्त्र छायां खोसिदियो हजुरलाई देख्ने अनि माया पाउने अधिकार नै खोसिदियो कस्तो हुन्छ बाबाको माया मलाई थाहा छैन त्यो निष्ठुरी दैबले हजुरलाई नै खोसिदियो बाल्यकाल बित्यो बाबा हजुरको माया बिना यसरि नै बित्दै छ्न दिन हरु हजुर बिना कति चोट सहनु भयो ममिले हजुर बिना जिन्दगी नै अधुरो लाग्छ हजुरको माया बिना हजुरको मुख हेर्न नपाउने म अभागी छोरा हजुरको स्पर्श अनि आशिष नपाउने म त्यो कान्छो छोरा भाग्यले ठगेको होकि भाबीको लेखा हो यो हजुरको माया नपाउने म अभागी छोरा
भुल धोका गल्ती आफ्नै थियो निष्ठुरीलाई चोखो माया गर्नु सबै बिर्सी जिन्दगी उस्कैलागी जिउन खोज्नु हो म पागल थिए घन्टाै उस्लाई दोबाटोमा कुर्नु उस्को एक मुस्कानको लागि आफै मर्न खोज्नु थाहै भएन कति चाडैं माया बसेछ सोच्दै नसोची मुटु दिएछु घात भएछ घरमा आमालाई उनको बारेमा भन्नू गल्ती भएछ थाहै भएन कति चाडैं मेरो मुटु टुटेछ आफ्नो भबिस्यको वास्ता नगरी उनको पछि लाग्नु ठुलो भुल भएछ मुटु सुम्पेर उनी सङ्ग माया लाउनु मेरो जिन्दगी कै सबै भन्दा ठुलो भुल भएछ