स्याङदेन  कवि
स्याङदेन कवि

Title Category Gajal
जुन अाखिरी एउटै थियोे| धोका ~~~गजल~~~ तारा अलग भएनी जुन अाखिरी एउटै थियोे| जात अलग भएनी खुन त अाखिरी एउटै थियोे|| उनी बस्थिन म हलमा म जुपडी मै रमाउथे| च्यादर अलग भएनी उन त अाखिरी एउटै थियो|| उनी लिन्थिन मादल बाँसुरी थियो मेरो साथमा| बाँजा अलग भएनी धुन त अाखिरी एउटै थियो|| उनी जान्थिन रेष्टुरेन्ट म गुन्द्रुक मै रमाउथे सधैं| स्वाद अलग भएनी नुन त अाखिरी एउटै थियाे|| तारा अलग भएनी जुन त अाखिरी एउटै थियोे| जात अलग भएनी खुन त अाखिरी एउटै थियो|| स्याङदेन कवि
प्याराे जन्म भुमि उदास गजल प्याराे जन्म भुमि घर छाेडेर अाँउदा रुऐ म| मरु भूमि बसाइँ सारेर अाँउदा रुऐ म || रहर त कहाँ हाेर बाध्यताले अाकाे हु| बाउ अामाकाे माया छाडेर अाँउदा रुऐ म|| झल झली याद अाउछ गाउमा सङ्गै डुलेकाे| साथीभाइ काे माया मारेर अाँउदा रुऐ म|| कती राम्रो कुम्भकार्ण झनै राम्रो साँघु बाजार| गाउँमै बस्ने रहर याे कर्मले हारेर अाँउदा रुऐ म|| सुख दुख यहीँ हाे भनी फुल फुलाकाे थिऐ| कलिलाे फुल काेपिलामै चुटेर अाँउदा रुऐ म|| स्याङदेन कवि
"झुक्ने छैन लिम्बुवान अन्य "गजल" मात्री भुमी बचाउन झुक्ने छैन लिम्बुवान। अटल भई बग्ने तमोर सुक्ने छैन लिम्बुवा।। सधै लड्ने छ मर्ने छ प्राणर त्याग्ने छ तर। कसै को सामु डराएर लुक्ने छैन लिम्बुवान।। बढ्ने छ अघी आफ्नै रफ्तार मा नढले सम्म। नेपाल बेच्ने गध्दार जस्तो भुक्ने छैन लिम्बुवान।। पैसा को लागी मात्री भुमी बेच्ने जस्तो हैन। जन्म भुमी लाई कैले पनी थुक्ने छैन लिम्बुवान।। स्याङदेन कवि