बिगतकोपलमा  जिउनेआधार
बिगतकोपलमा जिउनेआधार

Title Category Gajal
सरकार अन्य फाटेको मन सिलाईदिने सरकार कता छ सबै कुरा मिलाईदिने सरकार कता छ जन युद्ध लड्दा लड्दै मरेअरे धेरै जना सबैलाई अमृत पिलाईदिने सरकार कता छ छुवाछूतको भुमरीमा परेका छन् लाखौं यहाँ सबैलाई न्याय दिलाईदिने सरकार कता छ ।। - बिरही गोकुल बोहरा Bajhang
बिरही गोकुल अभागि अन्य कसम खाउँला तिम्री हुनि भनेकै त थिएँ दिलमा राख मायाजाल बुनि भनेकै त थिएँ तिमीले हिम्मत आटेनौ त म के गरुँ प्यारा तर साथ दिउला जुनि- जुनि भनेकै त थिएँ
अधुरो सपना बिरही गोकुल बोहरा अन्य ~गजल फोनै-फोनमा कुरा गरी सताइ यौटिले हेलो हाइ के छ भनी फकाइ यौटिले ~ कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ बोल्दा खेरी बिना शब्द लजाइ यौटिले ~ मिस्कल दिन्छे घरिघरि यसरी नै मलाइ राती - राती अबेर सम्म उठाइ यौटिले ~ भरे साझ भेट्न आउछु चौतारीमा भनि घन्टौ कुरे आउदै आइने फसाइ यौटिले ~ बिहे गर्ने उमेरमा प्रेम गर्ने रहर भाकी मेरो दिल पहिलो चोटि जलाइ यौटिले
बिरही गजल धोका नारी र पुरुष अचेल बराबरका कुरा गर्छन गाउँले पनि अचेल शहरका कुरा गर्छन । जता जान्छु उतै मलाई ठेस लागेको हुन्छ तर पनि पैतालाहरु सफरका कुरा गर्छन । नत दुख मेट्न सकेँ नत गन्तव्य भेट्न निर्दोष मेरा सपनाहरु अवसरका कुरा गर्छन । जस्ले बृदा अामा बुवा अाश्रममा लगेर छोडेका छन उनिहरुनै मञ्चमा गएर ईश्वरका कुरा गर्छन ।
प्रर्देशि पिडा अन्य बार्ह् घन्टा डिऊटि गर्नु प्रर्देश को खाडि तिर आफ्नो मान्छे आफ्नै हुन्छ दुख शुख बॉडि हेर घामले पोले पर्देशमा पानि दिने कोहि हुन्न संघर्ष छ जिबन यहॉ हल्का दुख्ख झेलि हेर भन्छौ तिमी प्रर्देशमा पैसा तेसै आऊन्छ भनि दुख्ख पिडा भोक प्यास तिम्ले पनि सही हेर बिरही गोकुल बोहरा हाल दिल्ली फरीदाबाद
lovely अन्य lovely lovely
बिरही अन्य गजल - मेरो नाङ्गो गिजाले मकै टोक्न नसकिने भो अब । रोगले नि गलायो मलाई खोक्न नसकिने भो अब । आफ्नै नाता नातिनी हरु पनि हुर्केर जवान भए रहर लागेर आउँदा पनि बोक्न नसकिने भो अब । सम्झिन्छु अहिले डोकोमा बोकी बुढी खोली तरेको अहिले झोला राख्ने काँटी ठोक्न नसकिने भो अब । मुस्कुराउँदा हिमाल हाँस्ने अनुहार पनि चाउरिए रसाई बस्छ आँसु आँखामा रोक्न नसकिने भो अब । लठ्ठी पनि समाउन छाडियो अनि जिब्रो लर्बरायो मर्ने बेलामा राम नाम पनि घोक्न नसकिने भो अब । बिरही गोकुल बोहरा
love अन्य love
बिरही गोकुल बोहरा अन्य खुसी अञ्जुलीमा अटेको थिएन । जवानी फुलीमा अटेको थिएन । अझै याद बाँकी छ लैजान आऊ, हिजो बाडुलीमा अटेको थिएन । शिखर चढ्न जाँदा कसैले नबिर्स, कि तेन्जिङ चुलीमा अटेको थिएन । सधैँ बद्लिएझैँ त लाग्थ्यो परन्तु. जहर काँचुलीमा अटेको थिएन । सुरक्षा दिएथ्यो सधैँ जो सिपाही, उही घरमुलीमा अटेको थिएन ।
gokul अन्य gokul
सम्झेको छु अन्य गजल यता आमा रूदै हून्छे उता छोरो हास्दै बस्छ आफ्नो दिलमा प्रेकिकाको तस्वीर टास्दै बस्छ नै महिना गर्भ बोकी दस धारा दूदको बदला उल्टै दिन्छ आमालाई चोट सबै माया मास्दै बस्छ बूढिआमा रूदै बास्दा फर्किदैन छोरो घरमा राम्रि देख्छ बाहिर केटी उतै नाता गास्दै बस्छ घरमा सूक्को पैसा हून्न क्यारी खालिन आमा मोबाइलमै पैसा सक्छ सधै फोनमा बास्दै बस्छ
सम्झन्छु उसैलाइ अन्य █▒░►•♥★♥•↓सुन्दर↓•♥★♥•◄░▒█ हाँसो र आँसु मान्छेहरुको,मीत हो साथी ! हाँस्नु हसाउनु चोखोमाया, प्रित हो साथी! तिमी खुसी छौ र त हाँसेर बाचेको छु म तिम्रो मुस्कान नै मेरो ठुलो, जित हो साथी! बलेको आगो ताप्ने यो स्वार्थी सँसारमा निस्वार्थ माया गर्नु हाम्रो, हित हो साथी! तिमी त मेरो हर दुख सुख हासो खुसीमाb मनको मझेरिमा बजीदीने, संगित हो साथी! मायाको मन मन्दिर साछी राखेर भन्छु तिमी नै मेरो अमिट याद र, अतित हो साथी म उहीँ हजुर को हर्पल को मित्र Gokul Bohara #हाल_बिरानो_पर्देस
सम्झना प्यारिको अन्य गजल पैसा संग जवानी साटेर रोय प्यारी प्रदेशमा आधा उमेर काटेर रोय प्यारी आमाले तिमलाइ कस्तो छ भनि सोध्दा सन्चै छू आमा भनी ढाटेर रोय प्यारी घर परिवार श्रीमती बालबच्चा पाल्न तातो घाममा चर्को काम आटेर रोय प्यारी एक्लो जिबन प्रदेशमा कोहीपनी नहूदा सधै तिम्ले गर्ने माया बाटेर रोय प्यारी संगै जिबन काटमला छाडि नजाउ भन्थेउ हाम्रो त्यही माया ममता फाटेर रोय प्यारी
गोकुल बोहरा बझाङ अन्य गजल भाग्य लेख्ने बिधाताले नारी तिमीलाई ठग्दो रैछ तिम्रो हासो खुसीहरू आसूसंग बग्दो रैछ सिन्दुर पोते धागो संगै हातको चूरा फूटाउदा समाजले बिदूवा भनि तिम्रो खूसि लग्दो रैछ सानो दुखाइमा आसूझार्ने कोमल हृदयकी नारी तिम्रो आँखामा आँसुको ताल सग्दो रैछ एकातिर सबको हेला अर्कातिर आफ्नै पिडा बिदूवाको छापले तिम्रो मूटू सधै डग्दो रैछ
:::::::::::::गोकुल बोहरा बझाङ ::::::::::::::: अन्य ////नेपाली बिर सेना प्रति समर्पित //// लड्दा लड्दै म मरेँ भने उठाइदिनु साथी मेरो घरमा दुखद समाचार पुर्याइदिनु साथी आमा अनि प्रियलाइ सम्झाएर तिमी मेरो लागी जलाको दिप निभाइदिनु साथी बग्दै होला रगतको खोला मेरो छातिबाट आफ्नो हातले तातो रगत थमाइदिनु साथी अरू केहि माग्दिन म धेरै तिमी संग लाश उठाउन इष्ट मित्र बोलाइदिनु साथी जिन्दगीले बिदा माग्यो फर्किन्न म फेरी मेरो नाममा मानो चामल उठाइदिनु साथी दागबत्ति दिनलाइ छोरो सानै छ मेरो उस्लाइ मेरो लाश जलाउन सघाइदिनु साथि
:::::::::मुक्तक :::::::::: अन्य मेरो बस्ती तिमिलाई शहर भएन, फर्केर आउने फेरि रहर भएन? पर्खाइका मेरा हरपल कैल्यै, पट्यारलाग्दो प्रहर भएन। उपहारमा पाउने समाजका ताना ननिभ्ने आशमा कहर भएन। गण्डकी,कोशी दुई आँखा फेरि हरियाली ल्याउने नहर भएन। बली चढ्यो ईच्छा,टुक्रियो मुटु, तैपनी जीवन यो जहर भएन।
जय नेपाल अन्य जन्म दिने जननिको ऋण तिर्छु अब नेपाल आमा तिम्रै लागि राइफल भिर्छु अब। कसम खान्छु अस्मिता यो जोगाउने धर्म नत थाक्छन पाइला मेरा नत गिर्छु अब।। जस्तो सुकै बाधा अड्चन आउन मेरा सामु दुस्मनलाइ छानीछानी छाती चिर्छु अब।।
miss u अन्य फूल संग नाता गासे भने ओइलि जाने होकी । आकाश संग नाता गासे भने भूईमा खसने होकी। समय संग नाता गासे भने छोडि जाने होकी । तिमी संग नाता गासु भने धोका पाइने होकी । Miss you frn
हल्का डेउडाको कोसेलि अन्य आगलागि सेउलेकिखान दौराबल्यादुनि बूवाकि लडेईलिछोरि पाराईघररूनि किर्संनजिकि राधाप्यारि रामचंन्द्रकि सिता संगैहोईजाऊ दिनबिताऊनु संगैहोईजाऊ चिता अबत कलेजिभित्र पिरथिफूल फून्दे अतिदिन्को कतिसोचो सफैया द घूल्नदे हणधुया सरौटोलागदो ठंन्नपानिमूल छातिचिरि लैजाबाज कलेजिकालूल गोकुल बोहरा थलारा 1 देउरा बझाङ
जिबन अन्य जिबन जिन्दगीमा धेरै सघर्ष गर्नु छ दुख गर्दा गर्दे एक दिन मर्नु छ ॥ हात समाई सगै सारा जिन्दगीमा घास दाउरा बेशी सग सगै झर्नु छ ॥ सुख होस् या दुख हाम्राे जिन्दगीमा जुनी जुनी उनि सगै सागर तर्नु छ ॥ गोकुल बोहरा बझाङ देउरा