Title |
Category |
Gajal |
गजल |
अन्य |
तिम्रा हर खुशिका दिन बनेर
आउदैछ प्रकाश अब लालटिन बनेर
आमाबुबा थोरै प्रतीक्षा गर्नुहोला
छोरो आउँछ सुख दिने मेशिन बनेर
हाम्रो यो झुपडीको अाटाे सिस्नु खाएर नै
म देखाउछु प्रधानमन्त्री केही छिन बनेर
सम्पत्तिमा हाईहाई गर्ने दुनियाँको
देखि सके चर्तीकला दुरबिन बनेर
एकछिन मादल बनेको थ्य दुनियाँले बजायो
बजि दिए म पनि घिन धिन बनेर
प्रकाश कपडेल साउद |
मुक्तक |
माया / प्रेम |
मुटु झिकी लगि उसले परिक्षणका लागि
म पनि केही बोलिन समर्पणका लागि
कोरिन सलाई अनि जलाई दिइन मलाई
निस्वार्थ माया जाच्ने उदाहरणका लागि
प्रकाश कपडेल साउद अछामी जेठो |
प्रदेशि मन |
बिछोड |
जलेदेखी घरबारी प्रदेशी भा को हु
आँखाबाट आँसुझारी प्रदेशी भा को हु
भाईभाई बीच काटमार हुन थालेदेखी
सबै थोकको आशामारी प्रदेशी भा को हु
बल्तकारको दाग लगाउदा आत्महत्या गरिन भन्ने
पाएदेखी जानकारी प्रदेशी भा को हु
मेरो देशमा शोषणवाद र भ्रष्टचारको
बढेदेखि महामारी प्रदेशी भा को हु
नसक्दा राजनैनिक सामर्थ्य जुटाउन
नपाएरै जागिरी प्रदेशी भा को हु।।।।
प्रकाश कपडेल साउद ढकारि ५ अछाम |
मेरो देश्को सरकार |
उदास |
कति सम्म गर्नु पर्छ कष्ट सरकार
भन्देउ आज एउटा कुरा स्पष्ट सरकार
कहिले बनाउछौ आफ्नै देशमा गरिखाने युवा
कि त सडकमै उत्रिनु पर्छ भ्रष्ट सरकार
बा को जिन्दगी पनि भारत धाएरै बितेको रे
म नि हुन्छु कि यतै धव्स्त सरकार
हाम्रो सरकारलाई खै कुन्नी के रोग लागेको छ
जहिलै देख्छु मेरो देशमा अस्व्स्थ सरकार
लाखौ लाख युवालाई बिदेशीको दास नबनाउ
यहि हो मेरो भनाइ हवस्त सरकार
प्रकाश साउद अछाम ढकारी ५ ज्ञान मन्दिर |