Title | Category | Gajal |
---|---|---|
gazzzal | अन्य | कहानी उनीले सुनाए पछि थाहा पाए आँखाको आँसु नै सुकाए पछि थाहा पाए। गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त आधा कुरा मात्र बताए पछि थाहा पाए। झुटो होला उनको कहानी भनी के था मलाई अर्को दिन झिल्के भगाए पछि थाहा पाए। मन त मेरो उनी तिर गै सक्या थियो झनै समयले घण्टी बजाए पछि थाहा पाए। फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै लजाइ उनले शीर निहुराए पछि थाहा पाए। |