Title | Category | Gajal |
---|---|---|
दुधको भारा | अन्य | सन्सार बाट टाढा हुदैछु म आफ्नै पाराले आज! काट्दै छन रे मेरै कुरा दुनियाँ साराले आज! जीवन जिउन रत्तिभर नि मन छैन किन मलाई! मृत्यु को दलदल भित्र फसाइ उस्को सहाराले आज! कस्तो होला धर्ती छाडि स्वर्ग बसाइँ सरि जादाखेरी! छिट्टै आउनु भनी इसारा गर्छ जुन ताराले आज! सपना सजाएको थियौ बुढेसकालमा साथ दिन्छ भनि! पूरा गर्न सकिन आमा सराप लागेछ दुध्को भाराले आज! अभागी प्रज्वल चाम्लिङ्ग राई खोटाङ हाल- मलेसिया |