Title |
Category |
Gajal |
निस्ठुरी |
धोका |
""""लोकेन्द्र रावत अछाम
आँसु छोपेर हास्न खोज्दै छु म धोका पाएर ।
अझै जिउँदो लासमा बाच्दै छु म धोका खाएर ।।
निस्ठुरी बनेर कस्तो पिडा दियो यो बबैगुनीले ।
जिवन नै अन्धकार देख्दै छु म धोका पाएर।।
हास्नेलाई के था सम्झिने यो मनको पीडा ।।
अन्जान धेरै भएछ परिणाम भो धोका पाएर ।।
चोटैचोट पाएको भाग्यमा खुशी जति चुडिएछ ।
चारैतिर यस्तै छाएको देख्दै छु म धोका खाएर ।।
अन्जानको गतिले ठेस भोग्दै छु म धोका खाएर ।
जोवनको मतिले भेस झेल्दै छु म धोका पाएर ।।
लोकेन्द्र रावत .साफेबगर नगरपालिका १३ बाब्ला. अछाम
हाल. भारत दिल्ली |
भुल |
अन्य |
अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु।
न रुइ न हासी मनै गास्ने संसार बनाउछु।।
तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर ।
यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।।
मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी ।
अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।।
बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु ।
यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।।
हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु ।
बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।।
#लोकेन्द्र रावत-अछाम,नेपाल ।
हाल-दिल्ली,भारत । |
सपना |
अन्य |
सफा पानी जति खोजेर के मुहान फेरिएन
बुद्ध शान्ती जति रोजेर के अहिन फेरिएन ।।
छाया त्यो सपनिकै निद आउँछ रुप फेरिएन ।
माया त्यो बच्पनकै याद आउँछ मन फेरिएन ।। |
लिलामी |
धोका |
तिम्रो झुटो मायाले बनायो मेरो यो जीवन लिलामी ।
तिम्रो छायाले पनि बनायो मेरो यो जिवन लिलामी ।।
कस्ले बुझ्छन् र त्यो हाम्रो बिच सम्बन्धको कहानी ।
न नाता जोडियो नसम्बन्ध भयो मेरो जोवन लिलामी ।। |