Title |
Category |
Gajal |
लेख्क:कृष्ण थापा |
अन्य |
खै त आज ती बिचारको कदर भएको
खै त आज भने जस्तो सफर भएको ?
परिवर्तनको आशबोकी जनयुद्ध लड्ने हामी
खै त आज गलत कानुन बदर भएको ?
दसबर्से युद्धकालमा बोलेका ति मिठा बचनले
खै त आज राजनीतिमा असर भएको ?
मारेको छैनौं आस अझै सकिएको छैन युद्ध
खराब राजनीतिले गर्दा यो मन पत्थर भएको ।।
- कृष्ण थापा ( पुर्कोट दह गुल्मी) |
कृष्ण थापा |
उदास |
नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू।।
मुखै खोलदा पनि किन मौन बसेका छन
आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।
महल भित्रैबाट हेर बेखवर बनिदिए
झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।
आज एक विवाहिताको सुहाग लुटदैछन
हिजो बिधुवाको पनि श्रृङ्गार बुझ्छौँ भन्नेहरू ।।
नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।
- लेख्क:प्रदेसि बाबु कृष्ण
From:पुर्कोट दह गुल्मी |
कृष्ण थापा |
अन्य |
म गाउले हो तेसैले मलाई गाउनै मन पर्छ
साग सिस्नु अनि गुन्द्रुक र ढिडो मन पर्छ !!
चाहिदैन महल मलाई झुपडी नै मन पर्छ
चाहिदैन चौरासी व्यन्जन मलाई खोले मन पर्छ!!
माकुराको जालो जस्तो लुगा होइन मलाई
मलाई मेरि आमाको बार्ह हाते सारी मन पर्छ!!
मलाई बाहिरी देशको संस्कार होइन साथी
मेरै देशको चाड्पर्व तीज अनि दशै तिहार मन पर्छ!!
मलाई मेरै बाहुन्तिल्पुङ्को चिसो हरियाली डाडा सित
चोखो प्रिती गास्दै पुर्कोटे को गितमा नाच्न मन पर्छ।।
- कृष्ण थापा
_पुर्कोट दह गुल्मी |
लेख्क:प्रदेसि बाबु कृष्ण |
अन्य |
ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपना जलाएर फर्केउ बाकसमा
चर्को ब्याजमा रिन लिएर उडेउ अकाशमा
धेरै कमाई महलमा रमाउने सपना भरियो बाकसमा
घरपरिवारको दुखा देख्दा रुदै उडेउ अकाशमा
पर्देशमा मर्दा न त आमा न त बाबा रितै पसे बाकशमा
बिता बिता पैसाको सपना देख्दै उडेउ अकाशमा
रित्तो प्राण र रित्तो सपना लिएर फर्केउ बाकसमा
ठुला ठुला सपना बोकेर उडेउ अकाशमा
ती सबै सपन जलाएर फर्केउ बाकसमा
-----कृष्ण थापा ॒॒॒ छेत्री |
तिम्रो लागि Ayesha |
धोका |
तिमी सँगै जीवन बिताउने सपना मात्र भयो ।
जिन्दगी भर सँगै रमाउने सपना मात्र भयो ।।
मलाई छाडि अन्त नाता जोडेपछि तिमी ले ।
माया मुटु माझ बिझाउने सपना मात्र भयो ।।
आज पराई लाइ नै आफ्नै ठाने पछि तिमी ले ।
टाढा हुने कुरा गर्दा रिसाउने सपना मात्र भयो ।।
सधैँ हाँसि खुुशी रहनुपर्छ भन्ने मान्छे ले आज ।
म रिसाएको बेला फकाउने सपना मात्र भयो ।।
संघर्षमय जिन्दगी मा खै कति लड्नु पर्ने हो ।
म लडेको बेला मा उठाउने सपना मात्र भयो ।।
- लेख्क:प्रदेसि बाबु कृष्ण |
लेख्क प्रदेशि बाबु कृष्णा |
उदास |
हजारौँ तीर मेरो मुटु माझ हानेर गयौ
आज पराई लाई नै आफ्नै ठानेर गयौ
हिजो सम्म साथ दियौ भन्ने मान्छे ले
तर आज धोका दियो भन्ने जानेर गयौ
मलाई दुःखी गरीब देखेपछि तिमी ले
आज राम्रो धनि मान्छे नै छानेर गयौ
जिन्दगी तिमी सँगै बिताउछु भन्ने ले
मेरै अगाडि पराई को हॉट टानेर गयौ
जस्तो गरेर गयौ जे गरेर गयौ तिमी
मैले भनेको एउटा कुरा मानेर गयौ
- कृष्णा थापा पुर्कोट दह गुल्मी गुल्मी |
लेख्क प्रदेशि बाबु कृष्णा |
अन्य |
सपना पूरा हुन्छन हुदैनन साच्ची रहर लिएर हिडेको छु,
हरेस खाईन्छ त्यो दिन पिउन जहर लिएर हिडेको छु।
मर्नै परे मरि दिउला तिम्रो यादको छट्पट्टिमा,
उनलाई पाउन उतैतिर मनको शहर लिएर हिडेको छु।
संसार भर खोजेर खुसी भेटियन यता कतै,
त्यसैले अब जिउने आसमा प्रहर लिएर हिडेको छु।
- प्रदेशि बाबु कृष्णा पुर्कोटदह गुल्मी |