Title | Category | Gajal |
---|---|---|
कहिलेसम्म हुनेहो | अन्य | गजल जिन्दगीमा सफर कहिलेसम्म हुनेहो । मान्छेहरूलाई डर कहिलेसम्म हुनेहो ।। सोचेको सपनाहरु पूरा हुँदै हुन्नन् तर । मन भित्रको रहर कहिलेसम्म हुनेहो ।। छोरो पर्देशिएपछि फर्किएन घरमा । कस्तो छ खबर कहिलेसम्म हुनेहो ।। पिठ्युँमा बोकेर छुरा धसेपनी उस्लाई । बिश्वासघातिको भर कहिलेसम्म हुनेहो ।। रमेश "संयोग" श्रेष्ठ मोरङ उर्लाबारी - ९ हाल :- रियाद , साउदी |
घरबारे भएदेखि | उदास | ढल्कियो आधा जवानी घरबारे भएदेखि । बद्लेको छ आनि बानी घरबारे भएदेखि ।। मीठो बोली बोल्नेे दिलको कुरा खोल्नेले । गर्दैछ जहिल्यै निगरानी घरबारे भएदेखी ।। दैवले नि कस्तो खेल खेल्दोरैछ मान्छेसँग । अबसर खोज्दा भो हानी घरबारे भएदेखि ।। परिवार पराई साथिभाई पराई प्रियसिमात्रै । लाग्नेछ प्यारो जिन्दगानी घरबारे भएदेखि ।। रमेश "संयोग" श्रेष्ठ मोरङ उर्लाबारी - ९ हाल ;- रियाद , साउदी अरेबिया |