जिन्दगीक  यात्राहरु
जिन्दगीक यात्राहरु

Title Category Gajal
धोका माया / प्रेम जब कसैले कसैलाई यती धेरै माया गर्छ कि सारा संसार अनि भगवान भन्दा पनि ठुलो पनि उनलाई नै ठान्छ र आफ्नो प्रेमको पुजा गर्छ वा उनिबाहेक सबैथोक गुमाउन तयार हुन्छ भने, तब उनको माया पाएपछि उसले पाउने खुसीको त सिमा नै हुदैन अर्थात त्यसले आफुलाई सायद संसार कै सबैभन्दा भाग्यमानी मान्छे ठान्छ । उ केवल उनिसँगै रमाउन र खुसी हुन पाएको हुन्छ तर जब कुनै बेला जिन्दगीको गोरेटोले यस्तो मोड लिन्छ कि नचाहेरै पनि केही यथार्थ भोग्नुपर्ने हुन्छ । अर्थात जोडिएका मनहरू टुक्रिनुपर्छ भने तपाई आफै सोच्नुस त यदी तपाईले पनि कसैलाई धेरै नै प्रेम गर्नुहुन्छ, यत्ती धेरै कि तपाई उनिबिना एक पल पनि बाच्न त के सोच्न पनि सक्नुहुन्न तर एक दिन यस्तो आयो कि जुन दिन तपाईले यो संसारमा रहेपनि उनिबाट धेरै टाढा जानुपर्यो । ल अब तपाई आफै सोच्नुस त तपाई के रोज्नुहुन्छः (१) जिबनः के मनमा रोपेर सजाएको प्रितीको फुललाई उखेल्न सक्नुहुन्छ वा पलपल तड्पिएर पागलजस्तो बनेर बाच्न सक्नुहुन्छ । (२) मृत्युः या उनिबिना तपाईको जिन्दगी नै समाप्त भईसक्यो । यदि तपाई सँग धैर्य छैन वा आफुलाई नियन्त्रण गर्न सक्नुहुन्न र एक एक पल उनकै यादले सताईरहेको छ भने तपाई मृत्यु रोज्नुहुन्छ । अर्थात उनिबिना अरूसँग जिन्दगी बिताउन सक्नुहुन्न र उनको साथ बिनाका पलहरू बाच्न पनि सक्नुहुन्न भने तपाई अर्को जुनी भएपनि उनिलाई मात्र पर्खन चाहनुहून्छ । तपाई मर्न त चाहनुहुन्छ तर पहिले यो थाहा पाउनुहोस किः– के कसैले अर्को जुनी देखेको छ र, के मरेपछि ति दुई आत्माहरू को मिलन नै हुन्छ भन्ने छ र जिन्दगी अघि र जिन्दगी पछिका यथार्थहरू कस्ले पो देखेको छ र । जती छ यो जिन्दगी भरि मात्र सिमित छ । के तपाई मरेर तपाईको बाकी जिन्दगी अरूलाई दिन सक्नुहुन्छ र सायद कदापी पनि सक्नुहुन्न किनकि तपाईको जिन्दगी नै त्यती मात्र थियो जुन तपाईले जिएर सक्नुभयो र तपाईको मुत्युको पालो आउदैछ भने अरूलाई जानी जानी किन झुटो बोल्नुहुन्छ । तपाई मरेर पनि कदापी खुसी हुन सक्नुहुन्न किनकी मृत्यु त बियोगको लागी आएको हुन्छ जुन सबैको लागी अन्तीम दिन आउछ तर तपाई त्यो दिनलाई अगाडी नै आफै बोलाएर ल्याउदै हुनुहुन्छ । मृत्यु रोज्नुभन्दा पहिले जिन्दगीका एकएक यस्ता पलहरू पनि संघर्ष गरेर बाच्नुहोस की जुन पलहरू तपाईको मृत्युभन्दा एक रत्ती मात्र अघिका होऊन अर्थात जिन्दगीका यस्ता पलहरू पनि जिउन खोज्नुहोस कि जुन पलहरूले तपाईको मृत्युलाई बोलाईरहेका हुन्छन ।।। सागर तामाङ सोलुखुम्बु हल मलेशिया
माया बिछोड जब एउटा सामान्य मान्छेले सपना देख्छ अनि त्यसले त्यो सपना पुरा गर्न चाहन्छ तर कहिलेकाही त्यो व्यक्तीले आफुभित्रको साहस र आटलाई बाहीर देखाउन सक्दैन अर्थात उसले कयौं चोटी गरेको मेहेनतले पनि उ बिफल हुन्छ । किनकी उ एक्लो हुन्छ अनि आफुलाई सधै एक्लो र कमजोर ठानेर मेहेनत गरिरहेको हुन्छ र त्यो मेहेनत सपना बाहेक अरू कुराहरू (जस्तैः एक्लोपन) मा पनि बाडिन्छ । जसकारण उ बिफल हुन्छ । कहिलेकाही परेको धेरै ठुलो चोटमा पनि आफुलाई सम्हाल्न छोडेर उसले नकारात्मक सोच्न थाल्यो भने पनि उ बिफल हुन्छ । अर्थात पुरा हुन लागेको सपना पनि अन्तीम पलमा आएर अधुरै रहन्छ । प्रेम नै यस्तो शक्ती हो, जस्ले सपना पुरा गर्ने साहस र आट देखाउछ । धेरैजसो प्रेममा धोका पाएका मान्छेहरू नै सपना देख्छन अर्थात तिनीहरू आफ्नो प्रेममा भोगेको पिडा र बिफलता नै सपनाको माध्यमबाट पुरा गर्न चाहन्छन । त्यस्ता मान्छेहरू अवश्य पनि सफल हुन्छन किनकी तिनीहरूलाई प्रेमको पिडाले सपना पुरा गर्ने शक्ती प्रदान गरिरहेको हुन्छ अर्थात तिनीहरू आफु हरपल तड्पिएको एक एक पलको बदला आफ्नो सपना पुरा गरेर लिन चाहन्छन । वास्तवमा प्रेम नै सफलता पाउने हतियार हो । यो संसारमा हामी जस्तै हरेक मान्छेहरू हुन्छन जुन प्रेममा हार खाएर जिन्दगी देखी नै हार खाएको जस्तो ठान्छन र तिनिहरू यो संसारमा आफुलाई कमजोर हरपल तड्पी तड्पी बाच्न बाध्य हुन्छन तर कोही कोही मान्छेहरू नै प्रेमको बियोग र पिडा लाई एउटा सपना र चुनौती मानेर त्यो सपना पुरा गर्न चाहन्छन । अनि एक दिन त्यो सपना पुरा गरेरै देखाउछन । तपाईले पनि प्रेममा धोका पाउनुभएको छ तड्पीएर बाच्नुभएको छ भने, आजै त्यो पिडाका एकएक पलहरूलाई सपना र चुनौती सम्झेर सफलता हासील गर्नतिर लाग्नुहोस ।