Title | Category | Gajal |
---|---|---|
वैदेशिक रोजगार | उदास | गजल मारेर अनेकौं मनका रहर प्रदेश लागियो। नपाउँदा राज्यबाटै अवसर प्रदेश लागियो। बा आमाको सम्झना यो मनमा राखि, अनि बनाइ यो मन पत्थर प्रदेश लागियो। फर्कन्छु कि कतै म नि रातो बाकसमा, हुँदाहुँदै याे मनमा डर प्रदेश लागियो। आफ्नो जन्मभूमि उर्वर हुँदाहुँदै पनि, पसिनाले सिँच्न बगर प्रदेश लागियो। गर्न त डिग्री पास गरेकै हाे र पनि, नहुँदा योग्यताको कदर प्रदेश लागियो। आर डि निश्चल बागचौर नगरपालिका ३, सल्यान हाल कीर्तिपुर काठमाडौ |