Title Category Gajal
धार्मिक युध्द अन्य ~~~~~~~गजल~~~~~~~ धार्मिक युध्द ले आज घरबार बिग्रीयो। सिर्मती छोराछोरीसँगको प्यार बिग्रीयो। एकताको सुत्रभित्र बाँधिएका थ्यौ पैले। धर्मपरिबर्तनले एकताको आधार बिग्रीयो। मेरो गोरुको बार्है टक्का गर्छ सबै जना त्यसैले आज मेरो प्रगतीको द्वार बिग्रीयो। एउटै घरमा फरक रिती मान्ने भएपछि आफ्नो रिती जोगाउने सुर~सार बिग्रीयो। घर समाज सुधार्न गार्हो भा'छ आज धार्मिक स्वतन्त्रताले सरकार बिग्रीयो। ~रमेश लामा रामेछाप न.पा ८, रामेछाप।