Title |
Category |
Gajal |
जीवन |
अन्य |
पानी पिउन पनि त प्यास हुनुपर्छ
समुन्द्र पुग्ने सानो सहास हुनुपर्छ ।
जीवन कति सुरम्य हुन्थ्यो अझै पनि
आफ्नो भन्ने मान्छे पनि खास हुनुपर्छ ।।
तिमी अझै कति ज्ञानी कति सोझो बन्छौ
भन्छौ सबै संग झिनो विश्वास हुनुपर्छ ।।
थाहा छ पत्थर हो उ हिरा बन्दैन
तर हि रा जस्तै बन्ने प्रयास हुनुपर्छ ।
रामायण र गिता वेद धेरै पढियो
भगवान को मनमा बास हुनुपर्छ ।।
खुसि हुने बहाना तरिका छ यहाँ
दुःखमा नि सुखको आभास हुनुपर्छ । |
यात्रि।।।।।। |
अन्य |
यात्रि।।
हुँ म एक यात्रि संघर्षि
यात्रापथ अनगिन्ती ।
हजार जंघार पार गरि
छेकवार ती कतिकति ।।
सतहि सद्भाव प्रगाढ छ माया
शीत का थोपा झै निश्चिल ।
हिउँ झै स्वच्छ ,
मन्द छ नि कति सुन्दर ।।
विश्रामविन्दु साथ लिई
थकाइपन दुर सारी ।
वादलुको छाया मुनि
छहारि छ उपकारी ।।
प्रकृति छ अनुपम
सुरम्य छ अपार ।
लहरि झै लहराउदै
अानन्द छ अपार ।।
रुस |
गजल |
अन्य |
-----गजल----- फिल्टर पानि पिउछु आमा खोलि भेटिएन । चिट् को साडि मखमलि चोलि भेटिएन ।। गाउझै जसो चिसो मिठो हावा छैन आमा । बिहान बेलुका कोइलि को बोली भेटिएन ।। भौतिक छैन कृर्तिम ती आशाका थाकहरु मनको ईच्छा पूरा गर्ने झोलि भेटिएन ।। वस्तु जसै मानिस पनि निर्जीव बनिदिंदा । चट्ट पार्ने अौषधि को गोलि भेटिएन ।। टाढिएका मन संगै खुम्चियका रहरले । खुसि साट्ने रोधिघर को मझेरि भेटिएन ।। सपनि का तानमा तुनियका ईच्छाहरु युगिन त्यो भविष्यको भोलि भेटिएन ।। आज बुझे शहर सोचे जति सहज छैन । छितिज वारि कंहि कतै उज्येलि भेटिएन ।। |