Title |
Category |
Gajal |
स्वार्थी |
अन्य |
सहयोग माग्दा पछि सर्नेको के काम !
मुखमा मात्रै बचनले मर्नेको के काम !!
संगै सहयात्री बनी बाटो काटौला भन्दा !
केही पैसाको लागि पछि पर्नेको के काम !! |
रोजे तिमिलाई नै |
माया / प्रेम |
हजारौं को भिडमा तिमिलाई मैले रोज्दै रोज्दै, आए प्यारि
रत ती भित्तामा टासिंएका तस्बिरहरु रोज्दै रोज्दै, आए प्यारी
आउदै छु छिट्टै मेरो मनको, खुलदुली मेटाउन तिम्रो सामु
मेरो कुरालाई कथा जस्तै मान्छौ कि भनी सोच्दै सोच्दै, आए प्यारी |
मेरि माया |
उदास |
सधै देख्ने मेरि मायालाइ आज देख्न पाइन मैले
कलमले मेरो निधारमा उनको नाम लेख्न पाइन मैले
जुनि जुनि तिम्रो लागि बाच्छु म यो दुनियाँ मा
तर त्यो तिम्रो अगाडिको खोलाको भेल छेक्न पाइन मैले
निरञ्जन गुरुङ |
" मन संग मन " |
माया / प्रेम |
कति जाती हुन्थ्यो मन संग मन बोल्ने भए
मनको पीडा मनले नै आफै खोल्ने भए ।
तिम्रो र मेरो माया सधै मिल्थ्यो होला
यदि यो संसारमा पानीमा ढुङ्गा घोल्ने भए
निरञ्जन गुरुङ
रोल्पा |
"आसहरु " |
धोका |
मेरै साथमा हुदा तिमी बिना मर्छु, भन्थेउ !
सहारा बिना त्यो नदिको भेल तर्छु, भन्थेउ !!
खै किन तोडेर गयौ, हामी बिचको नाता !
हिजोत तिम्रै दिलमा बसाई सर्छु, भन्थेउ
निरञ्जन गुरुङ
रोल्पा
साथी बन्न सक्नुहुन्छ :- 9812826889 |
"हास्न सिकायौ " |
धोका |
हिजो सम्म हास्न सिकायौ आज रुने बनायौ, प्रीया
तिम्रा भए भरका सबै रिस मै माथी खनायौ, प्रीया
कसैले बाटोमा सोध्दा, तिम्रो प्रेमिमा कोहो ? भनि
पराई को हात समाई अर्कै लाई जनायौ, प्रीया |