सानु  कार्की
सानु कार्की

Title Category Gajal
दृष्टिबिहिन बाको अन्य गजल दृष्टिबिहिन बाको जिबनमा अँध्यारो थमायो। छोराले यसरी पनि आफुलाइ दानी देखायो।। उसले द्रन्दको सुरवात गर्दै छ यसरी चोकचोकमा उभिएका सालिक पल्टायो।। बलवान पनि हारेका छन् कम्जोरको अगाडी लिन सकिन्छ उदाहरण कछुवा र खरायो।। बनाउनेले  पनि  यसरी  बनाइ दियो  यार तिमीलाई सुन्दर बनायो मलाई कुरुप बनायो।। अब यो ज्यान बगाउनेको मात्र अभाब छ बा आमा र खेत बारी त बाढीले बगायो।। सानु कार्की धनकुटा
बाको फोटोमा अन्य गजल बाको फोटोमा श्रद्धाञ्जली लेखेका पत्रिका देखेर। ढले थें आमाको आँखामा आँसुका ढिका देखेर।। यसकारण व्यापारी प्रती म आक्रोशित भएको हुँ हामीले खाने चामलमा ढुङ्गा र कनिका देखेर।। जुन र तिमीलाई दाज्ने गर्छु राखेर एकै ठाँउ छ्क्क पर्छु तिम्रो अगाडि जून फिका देखेर।। छोराले अहिले सम्म बिहे गर्न मान्दै मानेन दिनहुुँ झगडा आफ्नै काका काकीका देखेर।। पत्थर मात्र मुस्कुराउन्न बसेर मन्दिरमा सानू पनि मुस्कुराउछ आफ्नी प्रेमिका देखेर।। सानु कार्की धनकुटा