Title |
Category |
Gajal |
गरिब |
अन्य |
एउटा गरिबको छोरो म त छैन हेर धन
धरौटीमा राखेको थे निच्छ्ल एउटा मन
धनी बाउको छोरी तिमी सकिएन किन्न
बल्झिएको घाउलाइ किन कोट्याउछ्यौ झन
नवीन जि सी
हाल नेपालगन्ज बाके नेपाल |
मुक्तक (कसरी ) |
माया / प्रेम |
मेरो दिलमा उस्को नाम लेखाउ कसरी
यो मुटु भित्रको माया देखाउ कसरी
राम्रो भन्दा नि नराम्रो चाहाने कमि छैन
उ बिना एक्लो जीवन बिताउ कसरी
@ नबिन ।।। हाल नेपालगन्ज बाके नेपाल |
थाहा नै भएन |
बिछोड |
कहिले उ सङ्ग मेरो मन मुटु साटेको थाहा नै भएन
आफ्नै बनेर टुक्राटुक्रा पारि काटेको थाहा नै भएन
मैले त उसलाई आफुभन्दा नि धेरै बिश्वास गरे थे
मेरै मनको आगन बनाइ नाचेको थाहा नै भएन
कहिले देखि सिके छु खै मैले एक्लै बाच्न
आज आधा जिन्दगी काटेको थाहा नै भएन
म त सधै अरुलाइ टालेर हिन्थे धर्मको लागि
अहिले आफ्नै अस्तित्व फाटेको थाहा नै भएन
मान्छे अनुहार हेरेर चिनिन्छ रे जिन्दगीमा तर
उसले मलाई बार बार ढाटेको नि थाहा नै भएन ।।
@ नबिन!! हाल नेपाल्गन्ज बाके नेपाल |