Title Category Gajal
तिमी सामु हुन्छ्यौ जब । माया / प्रेम हनहन्ती ज्वरो मन्द लाग्छ, तिमी सामु हुन्छ्यौ जब । लहरे खोकी सन्चो लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।। सारा संसार फिक्का देख्छु, महिनौँ बासी मोही जस्तो सबैको मुहार दिक्क लाग्छ , तिमी सामु हुन्छ्यौ जब ।। मनमा खुशी उर्लिरन्छ, वैंशको भेल झै शरीरभरी बग्दा काउकुति लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।। म के बुझूँ ती नयनका भाषालाई, संकेत या प्रतिवाद ? नशालु त्यो हेराई मुटुमै लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।